Shikhar Insurance
National Life

पार्टी एकताको मेरो प्रयासबारे भ्रम फैलाईयोः गोकर्ण बिष्ट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १०:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का सचिव गोकर्ण बिष्टले पार्टी एकताका लागि आफुले गरेको प्रयासबारे भ्रम फैलाईएको बताएका छन् । आफुले २०७५ जेठ २ अघिको पार्टी संरचनालाई ब्युताएर एकता गराउन प्रयास गरेको तर आफ्नो जोडेर दुश्प्रचार गरिएको भन्दै आपक्ति पनि जनाएका छन् ।

बिष्टले पार्टी र जनसंगठनहरुको संरचनालाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउन ओली समुह सहमत हुँदा मात्रै पार्टी एकता जोगिने पनि स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फेसबुकमा लेखेका छन्

नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।
पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्