Shikhar Insurance
National Life

गरिमा विकास बैंकको नाफा १ अर्ब १३ करोड, वितरणयोग्य नाफा ५९ करोड ७४ लाख

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८/०८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो मात्रामा नाफा आर्जन गरेको हो ।

बैंकले आव २०७९/८० मामा १ अर्ब २६ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा १०.१६ प्रतिशतले बढाउन सफल भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको वितरणयोग्य नाफा ५९ करोड ७४ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ८४ अर्ब २५ करोड रुपैयाँ निषेप संकलन गरेर ६६ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

५ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५७.४९ रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर ८.६७ प्रतिशत छ भने खराब कर्जा २.८९ प्रतिशत रहेको छ । गरिमा बैंकको कस्ट अफ फण्ड ६.६४ प्रतिशत रहँदा सीडी रेसियो ८२.७२ प्रतिशत पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्