काठमाडौं । बुधबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २३ सय रुपैयाँले घटेको सुनको मूल्य आज १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्