Shikhar Insurance
National Life

पहिरोले मुग्लिन-मलेखु सडकखण्ड अवरुद्ध यात्रामा सतर्कता अपनाउन प्रहरीको आग्रह

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । भारी वर्षासँगै देशभरका राजमार्गहरुमा क्षति पुगेको छ । राजधानीको लाइफलाईन मानिएको मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए  । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई  पन्छाउन केही समय लाग्ने उनले बताए ।  यस्तै, पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए । ६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।

गृह मन्त्रालयले बुधबार (साउन २३ गते) यात्रा गर्दा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै यात्रा नगर्न सुझाएको हो । जल तथा मौसम विज्ञान विभागले साउन २२ र २३ गते भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्