Shikhar Insurance
National Life

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको साढे ११ लाख बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २२, मंगलवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको ११ लाख ५९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३ सय ४९ कित्ता गरी जम्मा ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिक्रीमा राखिएकामध्ये निफ्राको प्रतिकित्ता सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ, सिटिजन इन्भेष्टमेन्टको ८ सय ३३ रुपैयाँ, सूर्योदय वोमीको ३ सय ९९ रुपैयाँ र सूर्यज्योति लाइफको १८५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी सेयरमा योग्य जोकोही लगानीकर्ताले बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ । बोलपत्र साउन २२ गतेदेखि साउन २९ गतेसम्म पेस गर्नु पर्नेछ । इच्छुक लगानीकर्ताहरुले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय वा बैंकका शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्