Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ श्रावण २२, मंगलवार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले सर्वसाधारणमा सेयर बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

बैंकले सेयरधनी गोपाल प्रसाद बास्तोलाको नाममा रहेका १५ हजार कित्ता, सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ र शिवराज आचार्यको नाममा रहेको २३ हजार ५२३ कित्ता सेयरहरु बिक्रीका लागि असार १६ गते ३५ दिने सूचना प्रकाशन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्