काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन ऐतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्य मंगलबार २३ सय रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुनको मूल्य १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन सोमबार १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार)२२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँ रहेको थियो ।
त्यस्तै, मंगलबार चाँदी १ हजार ७ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज ६० रुपैयाँले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्