Shikhar Insurance
National Life

२ दिन घटेको नेप्से आफ्नै लयमा फर्कियो, १२ कम्पनीका लगानीकर्ता मालामाल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर २ दिन ओरालो लागेको नेप्से बुधबार भने बढेको छ । दैनिक ऐतिहासिक बिन्दु कायम जाँदै गर्ने क्रममा दुई दिन ब्रेक लागेपनि तेस्रो दिन बढ्ने बाटोमा अग्रसर भएको हो ।

नेप्से बढेर ऐतिहासिक उच्च अंकमा पुग्न भने चुकेको छ । आज नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१३ अंकमा पुगेको छ । आइतबार परिसूचक हालसम्मकै उच्च बिन्दु २८२७.९३ अंकसमम पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से बढेको दिन कारोबार रकममा पनि सामान्य वृद्धि आएको छ । अघिल्लो दिन साढे ८ अर्बको मात्र सेयर कारोबार भएकामा बुधबार ११ अर्ब ३५ करोड रूपैयाँको सेयर किनबेच भए ।

सुरूवाती उतारचढावपछि १२ बजेदेखि बढ्न थालेको नेप्से परिसूचक बढ्ने क्रमले अन्तिमसम्म निरन्तरता पाएपछि बजारमा सुधार आएको हो ।

बुधबार २ सय १९ स्क्रिप्ट कारोबार भए । कुल २ करोड २६ लाख १३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ८ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भए । कम्पनीको ८ हजार कारोबारमार्फत १ अर्ब ३७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएका हुन् ।

बुधबार कारोबारमा आए म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

आज कारोबारमा आएका १ सय ६२ कम्पनीको सेयर मुल्य बढेका छन् भने १५ वटाको घटेको छ । १२ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन् । राष्ट्रिय बीमा कम्पनीको सेयर मुल्य प्रतिकित्ता २१ सय ४४ रूपैयाँले बढेको छ । बढ्ने अधिकांश कम्पनी वित्त समूहका छन् ।

No description available.

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्