Shikhar Insurance
National Life

धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १६:३३
Hyundai
NCELL
NIMB

कैलाली । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम २१ करोड ७३ लाख ७९ हजार पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेकोे हो ।

आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा बक्यौता रकम १ करोड ६० लाख ५२ हजारले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०७९/८० मा बक्यौता रकम २० करोड १३ लाख २७ हजार थियो । ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ७८ लाख सात हजार तीन सय ७२, घरायसी ग्राहकको  चार करोड ४४ लाख ७६ हजार चार सय ७६, सडकबत्तीको  ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ र अन्य ग्राहक ३ करोड १६ लाख ७६ हजार आठ सय तीन सङ्कलन गरिएको हो ।

गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम ५ करोड ५० लाख ८६ हजार चार सय १८ रहेकामा ४ करोड ३३ लाख ५६ हजार पाँच सय असुली भएको छ ।

लेखा प्रमुख ढकालका अनुसार आव २०७९/८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसी ग्राहकको ५ करोड ७९ लाख २८ हजार तीन सय ६९, सडकबत्तीको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ र अन्य ग्राहकको रु एक करोड ४२ लाख २२ हजार तीन सय ६७ थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ । वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ लेखा प्रमुख ढकालले भने ‘अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ । सडकबत्तीको बक्यौता रकम बढी छ ।’ वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५.२ प्रतिशत छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्