काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी बैंकले आर्जन गरेको यो नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा कम हो । सो आवमा बैंकले ३ अर्ब २२ करोड नाफा गरेको थियो ।
एनएमबी बैंकको नाफामा २७.६३ प्रतिशतको गिरावट आएको भए पनि बैंकका अन्य सूचकहरु पनि मध्यमस्तरकै देखिन्छन् । बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा बैंकको खुद ब्याज ८ अर्ब ३४ करोड रहेको थियो ।
चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४६ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८.२७ रुपैयाँ रहेको छ । बैंकले हालसम्म २ खर्ब २३ अर्ब निक्षेप संकलन गरि १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.२७ प्रतिशत पुगेको छ । एनएमबि बैंकको कस्ट अफ फण्ड ७.३१ प्रतिशत छ । सीडी रेसिया ८३.९१ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्