Shikhar Insurance
National Life

४०.७६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम २१ अर्ब ८६ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अंकले बढेर परिसूचक २७९६.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७ सय ६२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ४५ रुपैयाँ रहेको छ ।

सोमबार १६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेका छ भने नेपाल फाइनान्सको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्