Shikhar Insurance
National Life

एनआइसी एशिया बैंकको नाफा १३८ करोड, यस्ता छन् अरु सूचक ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा एक अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी बैंकले आर्जन गरेको यो नाफा आर्थिक बर्ष २०७९/८० को तुलनामा निकै कम हो । सो आवमा बैंकले  ४ अर्ब ४४ करोड नाफा गरेको थियो ।

एनआईसी एशिया बैंकको नाफामा ६८.९१ प्रतिशतको गिरावट आएको भए पनि बैंकका अन्य सूचकहरु पनि मध्यमस्तरकै देखिन्छन् । बैंकको खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा बैंकको खुद ब्याज १२ अर्ब २५ करोड रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी ९.२६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २०२.२६ रुपैयाँ रहेको छ । यसैगरी, बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड रुपैयाँ ले ऋणात्मक रहेको छ ।

बैंकले हालसम्म ३ खर्ब ५४ करोड निक्षेप संकलन गरि २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६४ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको कस्ट अफ फण्ड ६.९६ प्रतिशत छ । सीडी रेसिया ७७.९८ प्रतिशत रहँदा स्प्रेड दर ३.९९ प्रतिशत छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्