काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७९।८० को असार मसान्त सम्ममा भने ६ अर्ब ६९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशतले घटेको हो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
खुद ब्याज आम्दानीमा सामान्य गिरावट र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घटेको देखिन्छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी आम्दानी २.६ रुपैयाँले घटेर १६.६५रुपैयाँमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।
चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्