Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सवा पाँच अर्ब, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ०७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक बर्षमा सवा पाँच अर्ब रुपैयाँ नाफा आर्जएन गरेको छ । बैंकले सार्वजकि गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा पाँच अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।

बैंकको यो नाफा आर्थिक बर्ष २०७९।८० को असार मसान्तको तुलनामा ३९.७१ प्रतिशतले बढी हो । बैंकले आव २०७९।८० को असार मसान्तसम्ममा जम्मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ। बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेर १५.२३ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक देखिन्छ ।  चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ छ।

बैंकले गत आवमा निक्षेप १३.८३ प्रतिशत बढेको बढाउन सफल भएको छ भने कर्जा विस्तार १.५४ प्रतिशत मात्रै गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्