Shikhar Insurance
National Life

ट्रंक डेडिकेट विद्युत महसुल विवादमा ‘नोट अफ डिसेन्ट लेख्ने’ २ बोर्ड सदस्यलाई सरकारले गर्यो निलम्बन

सिंहदरबार संवाददाता
२०८१ श्रावण २०, आईतवार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । ट्रंक डेडिकेट विद्युत महसुल विवादमा ‘नोट अफ डिसेन्ट’ लेख्ने २ जनालाई सरकारले निलम्बन गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत काटेपछि विद्युत जडान गर्ने निर्णयमा नोट अफ डिसेन्ट लेखेपछि २ बोर्ड सदस्यलाई कारबाहि गरेको हो ।

प्राधिकरण बोर्ड सदस्यरु कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको हो ।  महसुल विवादमा विद्युतको लाइन काटेपछि विद्युत जडान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मौखिक निर्देन दिएका थिए । तर सो निर्देशनको कुलमान घिसिङले अवज्ञा गरेका थिए । विद्युत जडान गर्ने विषयमा विवाद भएपनि हाल विद्युत जडान भैसकेको छ । बोर्ड सदस्यहरु आचार्य र पुनले विद्युत जनान नगरी विद्युत जडान गर्न नहुेने पक्षमा थिए । दुबै जनालाई साउन १८ गतेको निर्णयबाट हटाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्ड सदस्य हटाउने पत्रमा भनिएको छ, ‘उपरोक्त विषयमा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ बमोजिम नेपाल सरकारद्वारा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा मनोनित सदस्य तपाईंलाई सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको भनी प्राप्त जानकारी र गुनासोको आधारमा मिति २०६१।०४। १५ मा माननीय मन्त्रीस्तरीय निर्णयानुसार सोधिएको स्पष्टीकरणका विषयमा तपाईंले मिति २०८१।०४।१८ मा पेश गर्नुभएको स्पष्टीकरणको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नदेखिएकोले मिति २०८१।४।१८ को नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) को निर्णय अनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४९ को दफा ९ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम तपाईंलाई सोही मितिदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्य पदबाट हटाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्