काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन(शुक्रबार) १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्