Shikhar Insurance
National Life

संबिधान सभा सदस्य भट्टराईको पहलमा चन्द्रपुर अस्पताल र नगरपालिकालाई अक्सिजनसहितका स्वास्थ्य सामग्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १२:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । संबिधान सभा सदस्य राम कुमार भट्टराईको पहलमा रौतहट जिल्लास्थित चन्द्रपुर अस्पताल र चन्द्रपुर नगरपालिकालार्य अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री प्राप्त भएको छ । संबिधान सभा सदस्य भट्टराई र विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काको समन्वयमा स्वास्थ्य मन्त्रालय मार्फत १० थान अक्सिजन सिलिण्डर, मास्क, ग्लोभ्स, स्यानिटाइजर, पीपीई सेट, स्वाब संकलनमा प्रयोग हुने सामग्री लगायत उपलब्ध गराईएको हो ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त समान लिएर भट्टराई आफैं गृहनगर चन्द्रपुर पुगेका थिए । उनले नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी र अस्पताल प्रमुखलाई ति स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । ‘जिल्लामा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभाव थियो, मन्त्रालयसँग समन्वय गरि अक्सिजन लगायतका समान ल्याएका छौं, यसले केहि राहत मिल्नेछ भन्ने अपेक्षा पनि छ’, संबिधान सभा सदस्य भट्टराईले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वास्थ्य सामग्री ग्रहण गर्दै नगर प्रमुख चौधरीले १० थान अक्सिजन लगायतका सामग्रीहरुले कोरोना संक्रमितको उपचारमा ठूलो राहत पुग्ने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्