Shikhar Insurance
National Life

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको टिप्पणी सह्य छैन : सभापति यादव

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतले गरेकाे टिप्पणी सह्य नहुने बताएका छन् । यादवले भारतबाट हराएका बसु र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले गरेको टिप्पणी दुर्भाग्यपूर्ण र कुटनैतिक मर्यादा बिपरित रहेकाे यादवकाे भनाइ छ ।

सिमलताल पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले गरेको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएकाे ठहर गर्दै सभापति  यादवले यस्ताे बताएका हुन् । नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै यादवले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने समेत बताका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने, राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर गर्न नहुने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएर समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने समेत सभापति यादवको भनाई रहेको छ ।

नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदुतहरुको हस्तक्षेप सह्य नहुने भन्दै मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने यादवको भनाई छ ।

चिनियाँ राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन् । राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्