Shikhar Insurance
National Life

भ्याटतर्फ धेरै कर तिर्नेको पहिलो सूचिमा सूर्य नेपाल, टप टेन कम्पनीमा एनसेल सहित कुन-कुन परे ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार ०९:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारलाई धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेको पहिलो नम्बरमा सूर्य नेपाल प्राली परेको छ । चुरोट उत्पादन तथा बिक्री गर्दै आएको सूर्य नेपालले आर्थिक वर्ष २०८०/०८१ को असार मशान्तसम्ममा ५ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ भ्याट दाखिला गरेको हो ।

अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार सूर्य नेपालले गत आर्थिक वर्षमा आयकरतर्फ ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ५ अर्ब ४१ करोड ५५ लाख गरी कुल ११ अर्ब ३९ करोड ९० लाख राजस्व दाखिला गरेको छ । यद्यपी असार महिनाको (भ्याट) विवरण बुझाउने मिति साउन २५ गतेसम्म हुने भएकाले भ्याट रकम अझै बढ्न सक्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूर्य नेपाल पछिल्लो वर्षहरुमा निरन्तर धेरै कर दाखिला गर्नेको पहिलो नम्बरमा पर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ११ अर्ब ६१ करोड राजस्व दाखिला गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ७२ करोड र २०७७/०७८ मा ९ अर्ब ३४ करोड कर दाखिला गरेको थियो ।

कम्पनीको नेपालको चुरोट बजारमा एकाधिकार जस्तै छ । विभिन्न प्रकारका चुरोट अगरबत्ती सलाई बिक्री गर्ने कम्पनीमा ५९ प्रतिशत लगानी आइटीसी लिमिटेड इन्डियाको रहेको छ । यस्तै, ३९ प्रतिशत लगानी नेपालीको छ भने २ प्रतिशत बेलायती कम्पनीको छ ।

धेरै भ्याट दाखिला गर्ने दोस्रो कम्पनीमा नेपाल दुरसंचार कम्पनी लिमिटेड (एनटीसी) परेको छ ।  एनटीसीले ३ अर्ब ८७ करोड ८६ लाख भ्याट दाखिला गरेको छ । सरकारी र निजि लगानी रहेको कम्पनीले आयकर तर्फ सबैभन्दा धेरै ६ अर्ब ४५ करोड रुपैयाँ तिरेको छ । धेरै भ्याट दाखिला गर्नेको तेस्रो नम्बरमा मदिरा कम्पनी परेको छ । गोर्खा ब्रुअरी प्रालीले ३ अर्ब ६० करोड भ्याट दाखिला गरेको छ ।

निजी क्षेत्रको दुरसंचार कम्पनी एनसेल आजियाटा लिमिटेडले ३ अर्ब ४३ करोड भ्याट दाखिला गर्दै चौथो स्थानमा परेको छ । कम्पनी आयकरतर्फ धेरै कर तेर्नेको दोस्रो नम्बरमा परेको छ । गतवर्ष एनसेलले ६ अर्ब ४२ करोड आयकर मात्रै दाखिला गरेको छ ।

धेरै भ्याट तिर्नेको क पाँचौ  नम्बरमा नेपाल वायु सेवा निगम परेको छ । सरकारले हवाई क्षेत्रमा भ्याट लागू गरेपछि यो क्षेत्रमा कर तिर्नेको पाँचौ नम्बरमा निगम परेको हो । निगमले गतवर्ष १ अर्ब २५ करोड भ्याट दाखिला गरेको छ ।

छैटौं नम्बरमा यति डिष्टलरी प्रालि परेको छ । यति डिष्टिलरी प्रालीले ८१ करोड ७ लाख भ्याट बुझाएको छ । यस्तै, सातौं नम्बरमा चौधरी ग्रुपको सिजी ब्रुअरी नेपाल प्राली परेको छ । सिजी ब्रुअरीले गतवर्ष ७३ करोड ३४ लाख भ्याट दाखिला गरेको छ ।

आठौं नम्बरमा पिय पदार्थ पेप्सी बिक्री गर्दै आएको वरुण वेभरेज नेपाल प्राली परेको छ । यो कम्पनीले ७२ करोड ४७ लाख भ्याट दाखिला गरेको छ ।  नवौं नम्बरमा वल्र्डलिंक कम्युनिकेशन लिमिटेड परेको छ । वल्र्डलिंकले गतवर्त ७१ करोड १२ लाख भ्याट दाखिला गरेको छ । यो कम्पनीले इन्टरनेट सेवा प्रादान गरिरहेको छ ।

दशौं नम्बरमा श्रीराम टोबाको उद्योग प्राली परेको छ । गुट्खा उद्पादन तथा बिक्री गर्दै आइरहेको योक कम्पनीले ६६ करोड ९ लाख भ्याट दाखिला गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्