Shikhar Insurance
National Life

९.९९ प्रतिशतमै कर्जा प्रदान गर्दै महालक्ष्मी विकास बैंक

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई एकल अंकको ब्याजदर मै कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखी अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्ने र ग्राहकले यस अन्तर्गत ३ करोडसम्मको कर्जा लिन सक्ने बै.कले जनाएको छ ।

बैंकका अनुसार विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्