Shikhar Insurance
National Life

‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरका विजेता गुरागाईँलाई पुरस्कार हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

उक्त अफरका विजेता सुनसरीका ईन्द्र प्रसाद गुरागाईँ, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई Exter, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि नि:शुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।

यस अफरको विजेता घोषणा हुन्डाई नेपाल को Facebookबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरेको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्