Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम २१ अर्ब ७१ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । लगातार हरियाली भएकाे  सेयर बजार आज भने सामान्य अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२९ अंकले घटेर परिसुचक २७५५.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३३२ कम्पनीको कारोबार हुँदा ५ अर्ब १३ करोड २१ हजार ६ सय २९ कित्ता सेयर किनेबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार सैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार २ सय ३८ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतकित्ता ७ सय ७० रुपैयाँ पुगेको छ । बिहीबार ७४ कम्पनीको सेयर मूलय बढ्दा १६४ कम्पनीको घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज ८ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्