काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ मा पुगेको हो ।
बिहिबार ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार ८ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल इन्फ्रान्स्टक्चर बैंक, साम्लिङ पावर कम्पनीसहित १२४ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्