Shikhar Insurance
National Life

सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु : विकासमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १३:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् । बिहीवार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरुसँगको भेटका क्रममा उनले यस्तो जानकारी गरेका हुन् ।

उनले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरु खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताए । उनले शहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरुमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि शहरी विकास मन्त्रायलै रहेको जानकारी गरे । उनले सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने पनि जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपप्रधानमन्त्री सिंहले सहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाईमा तीन तहकै सरकार मिलेर काम अघि बढाउने बताए । उनले काठमाडौं उपत्यका प्राधिकरणलाई पुन:संरचना गरी मेयरहरुको सहभागिता गराइने जानकारी गरे । उनले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा आनाकानी गर्न नहुने बताए । उनले नदीमा सिधा ढल मिसाउन नदिने गरी व्यवस्थापनमा लागेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्