Shikhar Insurance
National Life

समाज लघुवित्तको साधारण सभा साउन ३२ गते, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको साउन १६ गते बसेकोे सञ्चालक समितिको बैठकको निर्णयानुसार साउन ३२ गते जानकी फेगली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा संस्थाको स्थापना ताका राखिएको जारी पूँजी बोनस सेयरको लागी अपुग गएकोले सो पूँजीलाई परिवर्तन गरी जारी पूँजी ४ करोड रुपैयाँ कायम गर्न सम्बन्धी प्रस्ताव पारित गर्नेछ । साथै, सभामा संस्थाको स्वीकृत प्रबन्ध पत्रको दफा ६ ९ख० मा संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयोजनार्थका लागि साउन २५ गतेदेखि साउन ३२ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेजीको काम बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साउन २४ गतेसम्म कारोबारमा आएका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्