काठमाडौं । बिहिबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ४६ जार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ४० रुपैयामा कारोबार भएको थियो । चाँदी आज १० रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्