काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।
बुधबार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति भएका संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नि:वर्तमान गृहमन्त्री समेत रहेका उनले मिडिया ट्रायक गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गरेका हुन् ।
सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए । उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताए । सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे ।
उनले भने, ‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्य बच्नुहोला । हुनत तपाईलाई माया गर्नेहरु अलि बढी छन् । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिष्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोशिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरु ह्वाटसेपमा पठाएको छ । छातिभरी फुलीनै फुली छ ।’
सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्