Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तले १५ प्रतिशतसम्म ब्याज छुट दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भाखा नाघेका ऋणी सदस्यलाई जेठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल वक्यौता साँवा र ब्याज रकम जेठ ३१ गते सम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८ % देखि १५ % सम्म छुट प्रदान गर्ने भएको छ ।

कोभिड–१९ को दोस्रो लहरमा राहत दिने उद्देश्यले छुट दिने निर्णय गरेको हो ।

कम्पनीले गत आवमा पनि ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४ सय ४ रुपैयाँ ब्याज छुट दिएको थियो । गत महिनामा समेत २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी वैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०% छुट प्रदान योजना लागु गरेको थियो ।

सो बेला १ सय ७९ शाखा कार्यालयका ४ हजा ६ सय ७६ ऋणी सदस्यलाई १५ लाख १८ हजार २ सय २ रुपैयाँ ऋणीको बचत खातामा जम्मा गरिसकेको छ । लघुवित्तको ६९ जिल्लामा २ सय ४७ शाखा कार्यालय छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्