काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० मा पुगेको हो ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ कारोबार भएको छ ।
आज सेयर बजारमा उछाल आएपनि केही कम्पनीको सेयरमा भने गिरावट आएको छ । आज सिभिल बैंकको ७.९२ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.५२ प्रतिशत, उपकार लघुवित्तको ५.०० प्रतिशत, एशियन हाइड्रोवारको ४.०४ प्रतिशत, एसबीआई डिभेन्चरको ३.९३ प्रतिशत सहित ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्