काठमाडौं । नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो ।
हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाज मार्फत् आठ लाख मात्रा खोप ल्याइएको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस ए-३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । पौडेलका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानि बेइजिङ उडेको थियो ।
बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुईलाख मात्रा खोप निः शुल्क ल्याउने जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्