काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको हो । बुधबार सुनको मूल्य १८ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख ४५ हजार ३०० कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्