Shikhar Insurance
National Life

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्एका प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । बैठकमा सभामुख देवाराज घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते आइतबार दिउसो १ बजे बस्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्