Shikhar Insurance
National Life

नेशनल लाईफको ‘गाला कन्सर्ट’ सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कन्सर्ट साउन १५ गते सोल्टी होटलमा सम्पन्न भएको हो ।

कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा को बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डिजे डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतज्यूले नेशनल लाईफले सदा र्झै अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन् गरेको हुनाले नै योजना सफल भएको बताउँँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्