काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरु सहयोग गर्ने बताएकी छिन।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने जानकारी गरेकी हुन् ।
उनले नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै पूर्ण समानुपातिकमा जान आग्रह गरिन् । उनले चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको बताइन । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्ने भए स्थिर सरकार निर्माण गर्न सकिने जानकारी गिरन् । सांसद बेलवासेले शंकाको घेरामा रहेका मन्त्रीहरुलाई सांसद बनाएको भन्दै आपत्ति जनाइन् ।
प्रतिक्रिया दिनुहोस्