काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अंकले बढेर परिसुचक २६९६.६५ को बिन्दुले बढेर बजार बन्द भएको छ ।
मंगलबार ३२९ कम्पनीको १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ कारोबार भएको हो ।
मंगलबार सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख ८ हजार ३० रुपैयाँ संकलन भएको छ । कम्पनीको से्यर प्रतिकित्ता ६ सय ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्