काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनिकरण गर्न आग्रह गर्दै विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने बताए । उनले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउँनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताए।
उनले भने, ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तिब्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु ।’
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्