Shikhar Insurance
National Life

आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गर्न लिबर्टी माइक्रो लाइफले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १४ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार साउन ३१ गते न्युरोड ०८, पोखरा कम्पनीको प्रधान कार्यालयमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । साधारण सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग सम्बन्धमा छलफल गर्ने सभाको विशेष प्रस्ताव रहेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न संचालक समितिलाई अस्तियारी प्रदान गर्ने सभाको एजेण्डा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्