काठमाडौं । प्रतिनिधिसभामा ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा तोसिमा कार्कीले सो प्रस्ताव पेस गरेकी हुन् । विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेस गर्नु परेको उनको भनाई छ ।
सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थकमा सांसदहरु सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्