Shikhar Insurance
National Life

सांसद मोदीको आरोप-‘काँग्रेस-एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि हो’

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार १७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न काँग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो जिकिर गरेका हुन् ।

सांसद मोदीले उनले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरुले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताए । उनले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन ? भनि प्रश्न समेत गरे । सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘गिरिबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरु छन् । त्यसको विषयमा पहिलाको सरकारले जस्तै कामहरु निरन्तरता दिन्छ कि दिँदैन ? यसलाई अगाडि बढाउँछ कि बढाउँदैन ? भन्ने महत्वपूर्ण कुरा हो । नेकपा एमाले र नेपाली काँग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । खाली उहाँहरुले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाईलहरु बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो । भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौं ।’

सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै काँग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्