काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्चो बताएका हुन् ।
उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए । उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, संवर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताए । वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्