Shikhar Insurance
National Life

सुनौलो र आकर्षक अफरका साथ ‘सुनरा स्कुटर’ नेपाली बजारमा, यस्ता छन् फिचर्स

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार १८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनरा इलेक्ट्रीकको नयाँ स्कुटरको सुनौलो मनसुन अफरका साथ नेपाल आएको छ । केटीएम इन्टरनेशनल ट्रेडिङले सुनौलो र आकर्षक अफरका साथ ‘सुनरा स्कुटर’ नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेका अनुसार कम्पनीले तीन मोडल ‘रोबो एस’, ‘ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्री’मा विशेष छुटको अफर ल्याएको हो । रोबो एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा ५८ हजार र ह्वांक सिंगल ब्याट्रीमा ३७ हजार छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रोबो-एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर रहेको छ । ७२ भोल्ट २० एम ए एचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ ।

रोबो एस को एम आर पी ३ लाख ७९ हजार ९ सय रहेको छ ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ । ७२ भोल्ट २० एम ए एचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले विश्वास जनाएको छ । यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ। ह्वांक डबल ब्याट्री को एम आर पी ३ लाख १७ हजार ९ सय रुपैयाँ रहेको छ भने सिंगल ब्याट्री को एम आर पी २ लाख ३६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सस्तो रेञ्जको सुनरा के ५ मा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६/७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । कम्पनीका अनुसार यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ।

सुनरा के ५ को एम आर पी १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । केटीएम इन्टरनेशनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्