Shikhar Insurance
National Life

११३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम १५ अर्ब ८१ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । विस्तारको सिमा हटाएपछि सेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अंकले बढेर परिसुचक २६८१.५६ सयको बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मौद्रिक नीतिले वाणिज्य बैंकका लगानिकर्तालाइ  उत्साहित बनाएको छ । आइतबार ३१८ कम्पनीको कारोबार हुँदा ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता किनबेच हुदाँ १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सबैभन्दा धेरै कुमारी बैंकको कारोबार भएको छ । बैंकको ३६ करोड १० लाख ८ सय ९८ रुपैयाँ ४० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय १२ रुपैयाँ ४० पैसा रहेको छ ।

आइतबार १४८ कम्पनस्को सेयर मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । साथै, २१ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्