काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा पुगेको हो ।
मौद्रिक नीतिले वाणिज्य बैंकका लगानिकर्तालाइ उत्साहित बनाएको छ । आइतबार ३१८ कम्पनीको कारोबार हुँदा ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता किनबेच हुदाँ १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसा कारोबार भएको छ ।
त्यस्तै, आज २१ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सर्किट लागेकाहरुमा बैंकिङ क्षेत्रहरु धेरै रहेका छन् ।
साथै, आज १८५ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्