इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगवती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् । हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ । सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’
पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताइन् । नव प्रवेशीहरूले पनि इमान्दारिकताका साथ जनताका निम्ति काम गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रोहित कार्की, राम देव यादवको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्