काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रविधिको गुणस्तरमाथि नै प्रश्न उठेको र आम उपभोक्ताले समस्या बेहोरिरहेको बताएका छन् । उनले शुक्रबार ‘बीटुबी समिट २०२४’ मा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले कम्पनी रजिष्ट्रारको कार्यालय, कलकारखाना, सरकारी कार्यालयकै वेबसाइटबाट सेवाग्राहीले सूचना पाउन सकिरहेका छैनन् । त्यतिमात्रै नभएर मोबाइल बैकिङमा पनि समस्या देखाउँछ। गुणस्तरीय इन्टरनेट सेवा दिन सकेको छैन।’ सरकारले सूचना तथा प्रविधि शिक्षालाई गाउँगाउँ थप सुदृढ गर्न जरूरी देखिउको उनको भनाइ छ ।
यस्तै सेन्जेन होरियन इन्टेलिजेन्स टेक्नोलोजीका निर्देशक काल्भिन लिऊले प्रविधिले विश्वव्यापी रुपमा सबैलाई जोडेको बताए । उनले नेपालमा प्रविधिको विकासमा डिजिटल क्लासरूमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्