Skip to content
Shikhar Insurance
National Life

युवा पलायन रोक्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ : अध्यक्ष ढकाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली युवाहरुलाई विदेश जनाबाट रोक्न सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर स्टार्टअप कोष बनाउँनु पर्ने बताए । उनले शुक्रबार ‘बीटुबी समिट २०२४’ मा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्र सधैं सरकारसँग सहकार्य गरेर युवा पलायन रोक्न तयार छ। सरकार र निजी क्षेत्र मिलेर युवा स्टार्टअप कोष खडा गरौं र उठ्न नसकेका कम्पनीलाई केही भए पनि सहयोग गरौं।’ उनले यसका लागि एफएनसीसीआई १० अर्बको पब्लिक लिमिटेड बनाउन तयार रहेको बताए ।

‘नेपाल उद्योग वाणिज्य संघ युवाहरूलाई सघाउन र विदेश पलायन हुनबाट रोक्न १० अर्बको पब्लिक लिमिटेड बनाउँन तयार छ। यसका लागि हामी नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड बनाउने प्रयासमा छौं,’ उनले भने, ‘सरकारले यसमा साथ दिए हामी युवाहरूले सुरू गरेको नयाँ स्टार्टअपलाई सहयोग गर्न सक्षम हुन्छौं।’

GBIME

प्रतिक्रिया दिनुहोस्