काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन (शुक्रबार) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ४५ हजार रूपैयाँमा बजारमा खरिद बिक्री भएको छ । अघिल्लो दिन १ लाख ४४ हजार रूपैयाँ कायम रहेको थियाे ।
साथै, आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ३० रूपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्