Shikhar Insurance
National Life

धेरै आयकर तिर्ने पहिलो र दोश्रो कम्पनी बने एनटीसी र एनसेल, यी हुन धेरै नाफा कमाउने टप १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार ०८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर सञ्चार क्षेत्रका दुई प्रतिष्पर्धी कम्पनी नेपाल टेलिकम(एनटीसी) र एनसेलबीच सरकारलाई तिर्ने आयकरमा पनि प्रतिष्पर्धा देखिएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा नेपाल टेलिकम र एनसेलबीच धेरै आयकर तिर्ने कम्पनीका रुपमा निकै रोचक प्रतिष्पर्धा देखिन्छ । आयकर नाफामा लाग्ने भएकाले यी दुई कम्पनीबिच नाफा आर्जन पनि रोचक प्रतिष्पर्धा हुने नै भयो ।

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीका रुपमा नेपाल दुरसंचार कम्पनी लिमिटेड(एनटीसी)ले पहिलो स्थान सुरक्षित गरि ६ अर्ब ४५ करोड आयकर दाखिला गरेको छ । नेपाल सरकारको बहुमत लगानी रहेको कम्पनीले टेलिफोन, इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता, निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेल आजियटाले आर्थिक बर्ष २०८०।०८१ मा दोश्रो धेरै नाफा कमाउने कम्पनीका रुपमा ६ अर्ब ४२ करोड रुपैयाँ आयकर तिरेको छ ।

अर्थ मन्त्रालयबाट तथ्यांक अनुसार सेवा प्रवाहमा २ कम्पनी बिचमा चर्को प्रतिस्पर्धा देखिएको छ । आयकर दाखिलामा एनसेलले एनटीसीभन्दा ३ करोड मात्रै बढी आयकर दाखिला गरेको छ ।

तेस्रो धेरै नाफा गर्ने कम्पनीमा सूर्य नेपाल प्राली रहेको छ । नेपाली चुरोट बजारमा एकलौटी व्यापार गरिरहेको प्रालीले गतवर्ष ५ अर्ब ९८ करोड आयकर दाखिला गरेको छ ।

चौथो धेरै आयकर दाखिला गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड परेको छ । यो बैंकले ५ अर्ब ६८ करोड आयकर दाखिला गरेको छ । बैंक तथा वित्तिय संस्था मध्ये सबैभन्दा धेरै आयकर तिर्ने यो बैंक सरकारबाट सम्मानित हुने सूचिमा परेको छ । बैंक तथा वित्तिय संस्थामध्ये धेरै कर दाखिला गर्ने संस्थालाई आन्तरिक राजस्व विभागले प्रत्येक वर्षको कर दिवसको दिन सम्मान गर्दै आएको छ ।

यस्तै, ५ औं नम्बरमा धेरै नाफा गर्ने कम्पनीमा नबिल बैंक परेको छ । निजी क्षेत्रको बैंक मध्ये अब्बल व्यवसाय गरिरहेको बैंकले आफ्नो नाफाबाट ५ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको छ । यसैगरी धेरै आयकर तिर्नेको छैटौं नम्बरमा नेपाल लाइफ इस्योरेन्स कम्पनी बनेको छ । नेपाल लाइफले गतवर्ष ५ अर्ब ६५ करोड आयकर दाखिला गरेको छ ।

यस्तै, सातौं नम्बरमा ग्लोबल आइएमी बैंक लिमिटेड बनेको छ । बैंकले गतवर्ष ३ अर्ब ५९ करोड आयकर तिरेको छ ।  यो बैंक आर्थिक वर्ष २०७९ /०८० मा बैंक तथा वित्तिय संस्थाहरुमध्ये सबैभन्दा धेरै कर दाखिला गर्दै सम्मानित समेत भएको थियो ।

धेरे आयकर तिर्नेको आठौं नम्बरमा एनएवि बैंक परेको छ । यो बैकले ३ अर्ब २४ करोड आयकर दाखिला गरेको छ । नवौं नम्बरमा स्ट्याण्डर्ड चार्टड बैक परेको छ । यो बैंकले २ अर्ब ९४ करोड आयकर तिरेको छ । यस्तै दशौ नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यो कम्पनीले २ अर्ब ७६ करोड आयकर दाखिला गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्