Shikhar Insurance
National Life

कोशी प्रदेशमा ६ वर्षमा पाँच सय ५० किलोमिटर सडक कालोपत्रे

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोशी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्नेगरी सडक निर्माण गरिसकेको जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा एक सय २६ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २०६ किलोमिटर सडक ‘पिच’ गरेको मन्त्रालयले आ।व। २०७८/७९ मा ९८, २०७७/७८ मा ४०, २०७६/७७ मा ५२ र २०७५/७६ मा २६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका सचिव अशोककुमार साहले बताए । ६ वर्षको अवधिमा मन्त्रालयले एक हजार ४१३ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ भने ३८४ किलोमिटर ट्र्याक खोलेको छ । बहुवर्षीय सडकअन्तर्गत २८ वडा सडकको काम सकिएकोमा यो आर्थिक वर्षमा १२ वटा सडक निर्माण भएको छ ।

प्रदेशभर पछिल्लो ६ वर्षको समयमा ८८ वटा मोटरेवल पुल र दुई सय वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले सडक–सञ्जालसहित बहुवर्षीय आयोजनाहरू बजेटअनुरूप थपेर समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताए ।

आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले १२२ वटा सामुदायिक र २७ वटा सरकारी भवन निर्माणको काम सम्पन्न गरेको छ भने १६ वटा एकीकृत बस्ती विकास र जनता आवास कार्यक्रमअन्तर्गत एक हजार २४ वटा घर बनाएको छ । ६ वटा पार्क, एउटा बसपार्क, दुईवटा भ्युटावर निर्माणको काम सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्