Shikhar Insurance
National Life

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब एनसेलका बी टु बी तथा बी टु सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल बैंकका सिईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए । एनसेलका सिइओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र लद्यबलप गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्